11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा उत्पादनको गुणस्तर र लेबलिङबारे एक दिने प्रशिक्षण सम्पन्न

- Advertisement -

बर्दघाट, जेठ १४ ।

बर्दघाट नगरपालिका–२ चिसापानीमा उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पश्चिम नवलपरासीको घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा घरेलु तथा साना उद्यमीहरूलाई गुणस्तर सुधार तथा लेबलिङको महत्त्वबारे जानकारी प्रदान गरिएकाे थियो ।
कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले गर्नुभएको थियो भने बर्दघाट नगरपालिका–११ का वडा अध्यक्ष फरेन्द्र चौधरी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा बोल्दै, प्रमुख अतिथि चौधरीले उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरू उत्पादन गर्ने उद्यमीहरूले उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नु अनुपयुक्त भएको बताउनुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलवाईले प्रशिक्षण दिँदै, उद्योगमा उत्पादन गरिने वस्तुको गुणस्तर कसरी सुधार गर्ने, लेबलिङ कसरी गर्ने र वितरण अघि कसरी सुनिश्चित गर्ने भन्नेबारे विस्तृत जानकारी दिनुभयो।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ अर्चाय, व्यवसायी धनप्रसाद तिवारी लगाएतले बाेल्नु भएकाे कार्यक्रमकाे स्वागत घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा कृष्ण काफ्लेले गर्नु भएको कार्यक्रमकाे संचालन घरेलु तथा साना उद्योग कार्यालयका शाखा अधिकृत मनोज चौधरीकाे रहेको थियो।


spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme