प्रतिनिधि सभाकी उम्मेदवार डा.गुप्ताकाे शक्रियता बढ्यो

30

राजन कुमार बानिया, पर्सा

जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ नाम सिफारिस भएको डा.मधु गुप्ताले आफ्नो शक्रियता बढाउनुभएको छ ।

वीरगंज पुग्नुभएका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसंग राजनीतिक भेटवार्ता गर्नुभएको छ । अगुवा कार्यकता भेलालाई सम्बोधन गर्ने वीरगंज आईपुग्नु भएको राष्ट्रिय अध्यक्ष यादव संग डा.गुप्ताले मङ्सिर ४ गते हुने आसन प्रतिनिधि सभाको बारेमा बिशेष कुरा कानी गर्नुभएको छ ।

डा.गुप्ताले पर्सामा जसपालाई अझ बलियो बनाउन कुन कुन कुरामा ध्यान दिनुपर्ने जिज्ञासा राष्ट्रिय अध्यक्ष यादव समक्ष राख्नु भएको थियो । सो क्रममा राष्ट्रिय अध्यक्ष यादवले जसपा पर्सामा भएको स–साना समस्यालाई निर्मुल गर्दै जाने हो भने यहा पार्टी अझ सशक्त हुने बताउनुभयो ।