रंजीत शर्मा, नवलपरासी।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ बेलासपुरमा सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदनप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
पाल्हिनन्दन गाउँपालिका कि कार्यबाहक अध्यक्ष फतिमा खातुन अन्सारी (सकिना)को अध्यक्षता भएको कार्यक्रममा स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना र पालिका तहमा सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदनप्रदान गर्दै कार्यशाला गोष्ठी सम्पन्न भएको थियो।
पाल्हिनन्दन गाउँपालिकामा पर्ने सबै वार्ड (साविक गाविस) खुला दिसा मुक्त घोषणा भए पनि प्राय धेरै जसोले शौचालय प्रयोग गरेको पाइएको छैन। पाल्हिनन्दन गाउँपालिकालाई पुर्ण सरसफाई पालिका घोषणा गर्नमा यो कार्यक्रमले सहयोग गरेको बताएका छन्।
यस कार्यक्रमले खानेपानी, सरसफाई, स्वच्छता क्षेत्र र बहुक्षेत्रीय सुशासन क्षेत्रमा काम गर्दै आएको छ। बहुक्षेत्रीय पोषणको क्षेत्रमा पाल्हिनन्दनमा ख्याउटेपनको व्यवस्थापन र पोषण प्रवर्दन, खानेपानी, सरसफाई स्वच्छता क्षेत्रमा सुधार, कृषि र खाघ सुरक्षा मार्फत कुपोषणको रोकथाम,पोषणका लागि सुशासनको सुनिशचितता आदि महत्वपुर्ण प्राथमिकताहरूमा काम गरी रहेको सुआहारा कार्यक्रमका संयोजक सालिकराम पोखरेलले बताए।
स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना र पालिका तहमा सुआहारा दोश्रो कार्यक्रमले उपलब्धि हासिल गरेको पालिका स्तरीय पोषण सहजकर्ता राजकुमार गुप्ताले जानकारी दिए ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका कि कार्यबाहक अध्यक्ष फतिमा खातुन अन्सारी (सकिना), वार्ड नं ०१ का अध्यक्ष चुलाहि यादव, वार्ड नं ०२ का अध्यक्ष जगदीश प्रसाद गुप्ता, वार्ड नं ०३ का अध्यक्ष गोधन हरिजन, वार्ड नं ०४ का अध्यक्ष रवीन्द्र सहानी, वार्ड नं ०५ का अध्यक्ष दयाशंकर त्रिपाठी, वार्ड नं ०६ का अध्यक्ष एवम् प्रवक्ता कृष्णचन्द्र यादव, स्वास्थ्य शाखा प्रमूख हरिशंकर गुप्ता,योजना शाखा प्रमुख अनिल यादव लगाएले मन्तव्य राखेका थिए भने कार्यक्रममा पालिका स्तरका स्वास्थ्य चौकीका प्रमुख, वार्डको पदाधकारी लगायतको उपस्थिति रहेको थियो ।





