24.1 C
New York
Friday, April 17, 2026

Buy now

spot_img
spot_img

परिवार नियोजन संघको सेवा प्रभावकारी

- Advertisement -

नवलपरासी, ९ असोज ।

नेपाल परिवार नियोजन संघ नवलरासी शाखाद्धारा आयोजित संचारकर्मी संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शाखाले आर्थिक वर्ष २०७३÷०७४मा प्रदान गरेको सेवा र शाखाको गतिविधिबारे जानकारी गराएको हो । खास गरि यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको यस संस्थाले जिल्लाको ९ ठाउँमा स्वास्थय क्लिनीक संचालन गरि स्वास्थ्य सेवा प्रदान गर्दै आएको निमित्त शाखा प्रबन्धक यमनाथ पौडेलले जानकारी दिए ।

निमित्त शाखा प्रबन्धक पौडेलले भने, संघको नियमित महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन वितरण, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, किसोर किसोरीको शारिरिक परिवर्तन, र किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरु प्रदान गरिदै आइएको बताए ।

संघले युवायुवतीहरुलाई वृहत यौनिकता शिक्षा दिन एक युवा उपसमिति र शिक्षक साथीहरुको समुह पनि गठन गरेको छ जसले गाउँगाउँका युवायुवतीहरुलाई पं्रजनन स्वास्थ्य शिक्षा बारे जानकारी दिदै परिवार नियोजनको अस्थायि साधन कण्डम, पिल्स लगायतका साधनहरु निशुल्क रुपमा वितरण गर्ने गरिएको पौडेलले बताए ।

संघको युवा संयोजक हुसैन अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी लगायतका वक्ताहरुले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको यस संस्थाको सेवा क्षेत्र अभै विस्तार हुनु पर्ने विचार व्यक्त गरे ।

वक्ताहरुले भने, यस संस्थाको सेवा प्रभावकारी छ यसको सेवा अझै ग्रामिण क्षेत्रमा विस्तार हुनु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा पियर एजुकेटर (शिक्षक साथी) शैलेश तिवारीलाई राम्रो काम गरे बापत सम्मान पनि गरिएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme