16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

पत्रकार कुशवाहा जाेखिम पत्रकारिता पुरस्कारबाट सम्मानित

कपिलवस्तु, २९ पुष ।
विगत लामाे समयदेखि मानवअधिकार तथा पत्रकारिताकाे क्षेत्रमा लागेका नवलपरासीका वरिष्ठ पत्रकार वृजराज कुशवाहा एक समाराेहका बीच नगद पुरस्कार सहित सम्मानित हुनु भएकाे छ ।
पत्रकार कुशवाहालाइ मानवअधिकारकाे क्षेत्रमा अध्ययन अनुगमन तथा मानवअधिकार उलङ्घनका घटनाकाे प्रतिवेदन गर्दै आएकाे संस्था मधेश मानवअधिकार गृह कपिलवस्तु माहुरिहाेमले आफ्नाे १४ओैं साधारणसभा तथा ५ओैं अधिवेशन समाराेहकाे अवसरमा पत्रकार कुशवाहालाइ “स्व. श्री बनारसी प्रसाद बर्मा स्मृति जाेखिमपुर्ण मानवअधिकार पत्रकारिता पुरस्कार”ले  सम्मानित गरेकाे हाे ।
माहुरी हाेम संस्थाले “विगत लामाे समयदेखि नवलपरासी जिल्लामा रहि जाेखिमपुर्ण अवस्थामा पनि मानवअधिकार उलङ्घनका घटनाहरुकाे स्थलगत अनुगमन गरि मानवअधिकार आन्दाेलनमा महत्वपुर्ण याेगदान पुर्याउनु भई अनुकरणीय कार्य गरेकाेमा उच्च मूल्यांकन गर्दै नगद पुरस्कार सहित सम्मानित गरेकाे” जनाएकाे छ । उक्त अवसरमा कुशवाहालाइ रू. १० हजार १ सय नगद पुरस्कार प्रदान गरेकाे हाे ।
माहुरी हाेमका संस्थापक सदस्य, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रहेका कपिलवस्तु निवासी वरिष्ठ पत्रकार बनारसी बर्माकाे मर्त्युपरान्त माहुरी हाेमले रू. १ लाखकाे अक्षयकाेष स्थापना गरेकाे थियाे । जाेखिमपुर्ण क्षेत्रमा मानवअधिकारकाे लागि काम गर्ने पत्रकार, मानवअधिकारकर्मी र अधिवक्तालाइ “स्व. श्री बनारसी प्रसाद बर्मा स्मृति जाेखिमपुर्ण मानवअधिकार पत्रकारिता पुरस्कार”ले सम्मानित गर्ने व्यवस्था गरेकाे हाे ।
साे व्यवस्था अनुरूप पत्रकार कुशवाहालाइ पुरस्कार सहित ०७८ पुष २९ गते एक भव्य समाराेहका बीच सम्मान गरेकाे हाे । साे पुरस्कार एवम सम्मान राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रमुख एवम समाराेहका प्रमुख अतिथि सन्ताेष आचार्यकाे हातबाट प्रदान गरिएकाे हाे । समाराेह माहुरी हाेमका अध्यक्ष रबिन्द्रनाथ ठाकुरकाे सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रमुख सन्ताेष आचार्यकाे प्रमुख आतिथ्यतामा सञ्चालन गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन माहुरी हाेमका संस्थापक सदस्य प्रमलाल जायसवाल गरेका थिए ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme