भैरहवा, रुपन्देही।
नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति रुपन्देहीद्वारा आयोजना गरिएको वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम भैरहवास्थित मौर्या होटलमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता समाजका जिल्ला अध्यक्ष श्यामसुन्दर मौर्याले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय सचिव भरत महतो रहेका थिए भने विशेष अतिथि केन्द्रीय सदस्य बृजराज कुशवाहा र बुद्धिजीवी सेवा समाजका महासचिव पुण्यलाल महतो रहेका थिए। त्यसैगरी जिल्लातर्फबाट पञ्चराम मौर्य लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य बृजराज कुशवाहाले संगठनलाई बलियो बनाउन समय र श्रम दिनु अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो। उहाँले रुपन्देही समाजले छोटो अवधिमा देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै संगठन विस्तारका अभियानलाई निरन्तर अघि बढाउन आह्वान गर्नुभयो।
त्यसैगरी प्रमुख अतिथि केन्द्रीय सचिव भरत महतोले संगठन सक्रिय र एकजुट भएकोले अब यसको प्रभावकारी काममा कसैलाई पछि नपर्ने दृढता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्यामसुन्दर मौर्याले सहभागिता जनाउने सबै अतिथि र कुशवाहा बन्धुहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
रुपन्देही समाजको यो वार्षिक कार्यक्रमले स्थानीय तहमा समुदायबीचको सम्बन्ध सुदृढ गर्दै संगठनलाई थप सबल र सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा एक सय बढीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन जिल्ला सचिव महेवश्वर माैर्यले गरेका थिए ।















