नेपाली काग्रेंसमा पार्टी प्रवेश

107

नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसौनीमा नेपाली काग्रेंसको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

गाउँ कार्यसमितीका सभापती ओटिस हरिजनको अध्यक्षता तथा संविधान सभा सदस्य माननिय देवकरण प्रसाद कलवारको प्रमुख अतिथ्यतामा सञ्चालित कार्यक्रममा छबिलाल हरिजन लगायत ११ जनाले नेपाली काग्रेंसमा प्रवेश गरेका छन । नवप्रवेशीहरू जनता प्रगतिशिल पार्टी परित्याग गरी काग्रेंसमा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य माननिय देवकरण प्रसाद कलवारले नेपाली कांग्रेस एउटा दल मात्र नभइ एउटा संस्कृति हाे बताउदै नेपाली कांग्रेसका सबै कार्यकर्ताहरू यसलाइ पालन गर्ने कुरामा जाेड दिनुभयाे ।

कार्यक्रममा नेपाली काग्रेंस जिल्ला कार्य समितीका सचिव उमेशचन्द्र यादव, जिल्ला कार्य समिति सदस्य वृजराज कुशवाहा र क्षेत्रिय सभापती मुकुल कुमार आचार्यले स्थानीय निर्वाचन नजिकिदै गरेकाेले कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरू सकृयताका साथ लाग्ने र सबै उम्मेदवारहरूलाइ विजयी बनाउनु पर्नेमा जाेड दिएका थिए ।

कार्यक्रमकाे सञ्चालन क्षेत्रिय सदस्य केशव अधिकारीले गरेका थिए ।