काठमाण्डाैं, २५ माघ ।
सुदूरपश्चिमको हुम्ला जिल्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको आरोप लगाउदै नेपालले आफ्नो भूमिमा चिनियाँ हस्तक्षेपको पहिलाे पटक आधिकारिक दाबी गरेको छ । दाबी सहितकाे प्रतिवेदन नेपाल सरकारद्वारा गत सेप्टेम्बरमा तयार पारिएको थियो ।
बीबीसीका अनुसार लीक भएको नेपाल सरकारको प्रतिवेदनमा चीनले दुई देशको साझा सीमामा अतिक्रमण गरेको आरोप लगाएको छ । तर काठमाडौंस्थित चिनियाँ दूतावासले कुनै पनि अतिक्रमण नभएको दाबी गरेको छ ।
लिक भएको प्रतिवेदन सार्वजनिक भएपछि नेपालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिमेकीसँगको कुनै पनि सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् ।
‘भारतसँग होस् वा चीनसँग, हाम्रो सीमामा कुनै समस्या छ भने कूटनीतिक माध्यमबाट समाधान गर्छौं। ‘यस्ता समस्या आउन नदिन नेपाल सरकारले सदैव पहल गर्ने छ,’ उनले काठमाडौंमा नियमित पत्रकार सम्मेलनमा भने ।
प्रतिवेदन नेपाल सरकारले किन सार्वजनिक गरिसकेको छैन भन्ने स्पष्ट छैन । तर हालैका वर्षहरूमा यसले दक्षिणमा आफ्नो विशाल छिमेकी भारतसँगको लामो समयदेखिको सम्बन्धलाई सन्तुलनमा राख्न चीनसँगको सम्बन्धमा सुधार गरेको छ।
नेपाल र भारतबीचको लामो समयदेखि चलिरहेको सीमा विवादले दुई देशबीचको सम्बन्धमा वर्षौंदेखि बाधा पुगेको छ ।





