9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नेकपा एस काे जागरण यात्रा २०८० पश्चिम नवलपरासीमा आउने

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट । नेकपा एकिकृत समाजवादीको ‘समाजवादी जागरण यात्रा २०८० पश्चिम नवलपरासी जिल्लामा आउने भएको छ ।

एकिकृत समाजवादी पार्टी पश्चिम नवलपरासी जिल्ला कमिटिले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरिएको हाे । उक्त कार्यक्रम यही असोज १४ गते झापाबाट शुरु भएको यात्रा आउँदो २० गते शनिबार पश्चिम नवलपरासीमा आई विविध सांस्कृतिक कार्यक्रम, सडक नाटक तथा कोणसभा गरिने नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारीले बताउनुभयो ।

केन्द्रीय सदस्य अधिकारीले ‘संविधान निमार्णको क्रममा प्रस्तावनामै लेखिएका केही विषयहरु अहिलेसम्म अधुरो रहेका विषयहरु जनतालाई सु-सुचित गराउने उद्देश्य रहेकोले याे जागरण यात्रा शुरु गरिएको बताउनुभयाे । उहांले  बेरोजगारी उन्मुलन, कृषि उत्पादनको ग्यारेन्टि, युवा बिदेश पलायन, राष्ट्रिय उद्योग धन्दाको संरक्षण, संस्कार र संस्कृति माथिको अतिक्रमण, राष्ट्रियता र सिमा, समाजवादी कार्यक्रम र विचारको पुर्नगठन र वर्ग संघर्ष, पार्टी संगठनको पुर्नगठन, भ्रष्टाचारको उन्मुलन, बढ्दो राष्ट्रिय खर्चको कटौती लगायतका विषयहरुलाई जनतामाझ लैजाने अभियान शुरु गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा एकिकृत समाजवादी पार्टी पश्चिम नवलपरासी सह–इन्चार्ज लक्ष्मी भुषाल,  जिल्ला सचिव कुमार आले, जिल्ला अध्यक्ष यज्ञ प्रसाद खनाल, जिल्ला कमिटि सदस्य प्रेम भुजेल, राजेन्द्र गौतम, सुशिला देवकोटा लगाएतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme