नवलपरासी क्षेत्र नं १ मा कांग्रेसकाे भेटघाट

182

प्रतापपुर । नेपाली कांग्रेस नवलपरासीले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाकाे निर्वाचनलाइ मध्येनजर कार्यकर्ता भेटघाट कार्यक्रम थालेकाे छ ।

बुधवार सुस्ता गाउँपालिकाकाे वडा नं. ५ मा आयाेजित भेटघाट कार्यक्रम वड़ा कार्यसमितिका उपसभापति लियाकत अलीकाे सभापतित्व तथा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी गर्नुहुने संबिधान सभा सदस्य देवकरन प्रसाद कलवार (सन्तु) को प्रमुख अतिथ्यतामा सञ्चालन गरिएकाे थियाे ।

कार्यक्रममा क्षेत्र नं. १ का संघीय सभापति मुकुल कुमार अचार्य, सुस्ता गा. पा. अध्यक्ष टेक नारायण उपाध्याय, गापा उपाध्यक्ष गीता चाैधरी, जिल्ला सदस्य सञ्जय मणि त्रिपाठी लगायत सयाैंकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले आगामी चुनावलाई नेपाली कांग्रेसकाे पक्षमा पार्न वडा कार्य समिति कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

भेलामा उपस्थित सहभागीहरूले प्रतिनीधी सभा सदस्यमा देवकरन प्रसाद कलवार र प्रदेश सभा सदस्यमा मुकुल कुमार अचार्यलाइ अत्यधिक मतले विजयी गराउनका लागि सकृय भइ चुनावमा हाेमिने बताएका थिए ।