वर्षाैंदेखिनदीजन्य वस्तुकाे अवैध निकासी नियन्त्रणमा नवलपरासी प्रशासन माैन
स्थानीय प्रशासनले सहयाेग नगरे उपल्लाे निकायसित सहयाेग माग्नेः जिल्ला समन्वय प्रमुख यादव
पश्चिम नवलपरासी । सुस्ता गाउंपालिकाकाे वडा नं. ४ मा भइरहेकाे भारतीय निर्माण कार्यमा नरसही गाउंका केही व्यक्तिकाे समूहले अन्य गाउंका जेसीबी तथा टेक्टरटालीलाइ काम गर्न नदिएपछि गाउंगाउंबीच तनाव उत्पन्न भएकाे छ ।
गैरकानुनी रूपमा संगठित भइ नरसही बाहेक अन्य गाउंका नेपाली मेशिन तथा कामदारलाइ काम गर्न नदिएपछि सामाजिक द्वन्द्व नै निम्तिन सक्ने जाेखिम सिर्जना भएकाे हाे । नरसहिकाे त्यस संगठित समुहले बलजफ्ती रूपमा काम गर्न पाउनबाट वञ्चितिमा पारेपछि सुस्ता ४ नरसही बाहेकका प्रतापपुर तथा अन्य गाउंपालिकाका सवारीधनी तथा कामदारहरू प्रतिकारमा उत्रिन बाध्य हुनुपरेकाे बताएका छन् । प्रतिकारमा उत्रिएपछि सामाजिक द्वन्द्वकाे स्थिती सिर्जना हुन गएकाे छ तर प्रशासनले यस घटनाबारे अनभिज्ञता देखाएकाे छ ।
सिण्डिकेटका सिकार बनेकाहरू प्रतिकारमा उत्रिएपछि नारायणी नदीकाे बालुवा बिक्री गर्नका लागि अन्य क्षेत्रमा लैजादै गरेका ३ वटा टेक्टरटालीलाइ नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बेलाटारीलाइ बुझाएपछि बेलाटारी प्रहरीले कार्वाही चलाएकाे छ । जेठ १२ गते सुक्रवारका दिन घटेकाे यस घटना चर्चाकाे विषय बनेकाे छ । नरसहीकाे सिण्डिकेटका कारण विगत ३ दिनदेखि एक अर्का गाउंका बीचमा समाजिक द्वन्द्व निम्तिने जाेखिम बढेकाेबारे जिज्ञासा राख्दा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आफु यसबारे अनभिज्ञ रहेकाे प्रतिक्रिया दिदै प्रहरी मार्फत बुझ्ने बताएका छन् ।
भारतले गण्डकमा काम थालेकाे छ । सुस्ता गाउंपालिका स्थित नारायणी नदीमा बनेका बाँध र स्परहरू मर्मत कार्य भैरहेकाे छ । भारतीय ठेकदार मार्फत भैरहेकाे त्यस कार्यमा नरसहीका मानिसले मात्र काम गर्ने र नरसही गाउं बाहिरकालाइ काम गर्न नदिने भएपछि दर्जनाैं व्याक हाे लाेडर र सयाैं टेक्टरटालीहरू फिर्ता हुनु परेकाे बताइएकाे छ । काम गर्न पाउनबाट वञ्चितिमा परेकाहरू जेठ १२ गतेदेखि प्रतिकारमा उत्रेका हुन् । प्रतिकारमा उत्रिएपछि स्थानीय प्रहरी समेत तनावमा परेकाे छ ।
बेलाटारी प्रहरीले यस मामिलालाइ समाधान गर्न खाेजेपनि त्यस संगठित समुहले नमानेकाे बताएकाे छ । साे संगठित समुहले भारतीय ठेकेदार र स्थानीय कामदारकाे बीचमा कमिशनका लागि काम गरिरकाेले प्रहरीकाे पनि नसुनेकाे अवस्था छ ।
प्रतिकारका कारण नारायणीकाे गिट्टी बालुवा तथा ग्रेभेलकाे अवैध रूपमा उत्खनन तथा कर छलि गरि वर्षैभरि गर्दै आएकाे धन्दा प्रभावित हुने संकेत देखा परेकाे छ । सिण्डिकेट विरूद्ध हुन थालेकाे प्रतिकारले वर्षाैंदेखि निर्वाध रूपमा तस्करी गर्दै आएकाहरूकाे चिन्ता बढाएकाे छ । यसलाइ लिएर प्रहरी पनि चिन्तित देखिएकाे छ ।

आफुहरू नरसही स्थित भारतीय गण्डककाे काममा कार्य गर्न नपाए वर्षैभरि हुने अवैध नदीजन्य वस्तुकाे तस्करी गर्न नदिने प्रतिकारमा उत्रिएकाहरूले बताएका छन् । उनीहरूका अनुसार नारायणी नदीबाट नदीजन्य वस्तु निकासी गर्न नेपाल सरकारले अनुमति दिएकाे छैन । नारायणी नदी अन्तरराष्ट्रिय सीमासित सराेकार राख्ने भएकाले नेपालले यस नदीबाट नदीजन्य वस्तु निकासीका लागि वातावरणीय प्रभाव मुल्यांकन समेत गर्न पाएकाे छैन । वातावरणीय प्रभाव मुल्यांकन र निकासीकाे अनुमति नै नभएकाे अवस्थामा पनि वर्षाैंदेखि निर्वाध रूपमा हुंदै आएकाे अवैध उत्खनन र तस्करीलाइ प्रतिकारले निशानामा लिन थालेकाे छ ।
उता अवैध निकासी राेक्नका लागि केही दिन अघि नारायणी नदी पुगेकाे प्रहरी अहिले चुप लागेर बसेकाे छ । सशस्त्र प्रहरी बलीनगरका प्रहरि निरीक्षकसित घटनास्थलमै उनीहरुकाे भनाभन भएकाे थियाे । निकासी अवैध हाे, भन्दै नियन्त्रणका लागि बल प्रयाेग गर्न अघि सरेकाे प्रहरी अहिले चुप लागेर बसेपछि स्थानीयवासीले मिलेमताेकाे अराेप लगाएका छन् । प्रहरीकै दाेहाेराे भूमिकाका कारण सिण्डीकेट प्रभावी भएकाे अनुमान गरिन थालिएकाे छ । जसले साेझासाझा मारमा परेका छन् भने तस्करकाे मनाेबल बढेकाे देखिन्छ ।

नारायणी नदीबाट नदीजन्य वस्तुकाे निकासीकाे काम अवैध रहेकाे जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादव रूदलले जनाएका छन् । उनले भने हाल भारतीय संरचना निर्माणकाे नाममा गण्डकमा भैरहेकाे नदीजन्य वस्तुकाे निकासी गैरकानुनी हाे, नवलपरासी प्रहरी प्रशासनकाे माैनताले यसले बढावा पाएकाे छ, स्थानीय प्रशासनले सहयाेग नगरे उपल्लाे निकायसित सहयाेग माग्ने बताएका छन् ।





