नवलपरासीमा भारतीय नागरिक प्रहरी पक्राउ

119

संजय कुशवाहा / नवलपरासी ।

भारतबाट अवैध रूपमा नेपाल भित्रयाउदै गरेको ३ लाख बढी मुल्य बराबरको चाँदी पश्चिम नवलपरासी प्रहरीले बरामद गरि कार्वाही चलाएकाे छ ।

विशेष सुचनाको आधारमा प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा भारतकाे जिल्ला महाराजगंज थाना निचलौल बस्ने वर्ष ५३ का दिलिप बर्मालाई पक्राउ गरेकाे हाे ।

सोमबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न. ४ लोहरौली स्थित शंका लागी चेक जांच गर्ने क्रममा बर्माको साथबाट अबैध चम्चा, कटौरा र पाउजु लगायतका चाँदी जस्तो देखिने धातुजन्य पदार्थ २७५० ग्राम फेला पारी मानिस सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद चाँदी र मानिस आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।