पप्पु रेग्मी, बर्दघाट ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी पश्चिम नवलपरासी लगाएत देशै भरी मङ्लवार मनाइयो । जिल्लाका विभिन्न स्थानहरुमा रहेका शिवालय मन्दिरहरुमा सरसफाई तथा रङ रोगन समेत गरिएको थियो ।
बर्दघाट नगरपालिकाको नगर भित्र रहेको शिवालय मन्दिरहरुमा भगवान शिवको पुजा गर्नकालागि सवैरै उठि नुहाई धुवाई गरि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियोे ।
शिवरात्रिको दिन भक्तजनहरु विहानै नुहाई धुवाई गरि शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ ।
बर्दघाट नगरपालिका वडा नम्वर ४ मा रहेको शिवालय मन्दिर परिसरमा रहेको १०८ शिवलिङ्गमा पुजाअर्चना गर्ने भक्तजनहर्रु बिहानै देखि नै दिनभरी घुईचो लागेको थियो ।
यस बर्दघाट नगरपालिका वडा नम्वर ४ मा रहेको शिवालय मन्दिरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज प्रसाद शर्मा वस्याल लगाएतका भक्तजनहरुले पुजा अर्चना गरेको स्थानीय रमेश पाण्डेयले बताए ।
नगर भित्र रहेका वडा नम्वर ७ जिमिरेभारमा रहेको त्रिनेत्रेश्वर धाम स्थित शिवालय मन्दिर र कोटाहामा रहेको शिवालय मन्दिरमा पनि विहानै देखि भक्तजनहरुले पुजाआजा गर्नकोलागि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको स्थानीय माया रेग्मीले बताईन । नगरको वडा नम्वर १ पुर्नवास क्षेत्रमा रहेको नर्मेदेश्वर महादेवको मन्दिरमा पनि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको मन्दिर व्यवस्थापन समितिका सदस्य हरी पौडेलले जानकारी दिए ।
यसैगरि, वडा नम्वर २ चिसापानीमा रहेको शिवालय मन्दिरमा विहानै देखि भजन किर्तनका साथ भगवान शिवको पुजाआजा गरिएको स्थानीय बुद्धि भुजेलले बताए । यसै गरि नगरका विभिन्न वडामा रहेका शिवालय मन्दिरहरुमा भगवान शिवको पुजाआजा गरिएको बताईएको छ ।
यसपालि कोभिडबाट बच्नकोलागि शिवालय मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनकालागि मास्क र स्यानिटाइजरको व्यस्था मन्दिर व्यवस्थापन समितिले अनिवार्य गर्नु पर्ने थियो तर यो मापदण्ड पालनामा भने नभएको देखिएको थियो ।
शिवरात्रीको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठ, मन्दिरमा दाउरा ल्याएर धुनी जगाई भजन, कीर्तनका साथ त्यही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन मङ्गलवार सरकारले सार्वजनिक बिदा दिएको छ ।















