सहबान अन्सारी
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ कुश्माकी सकिना फातिमा अन्सारी २४ वर्षको उमेरमै नेपाली काग्रेंसबाट उपाध्यक्ष पदका लागी उम्मेदवारी दिएकी छिन्।
सानैदेखि विभिन्न संघ सस्थामा साथै शिक्षण संस्थामा सेवा गर्दै बैशाख ३० गते स्थानिय निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन ।
सानै देखी समाजसेवा गर्दै आएकी अन्सारीले राजनीतिक पदमा बसेर जनतालाई निस्वार्थ समाजसेवा गर्ने बताईन।
‘म आफै पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु’ भन्ने लागेर उम्मेदवारी दिएको अन्सारीले बताइन्।
उनले युवाहरूको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरू नै जनप्रतिनिधिको रूपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाइन्।
साथै विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ। गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमामा राजेन्द्र सहानी र उपाध्यक्ष पदमा सकिना फतिमा खातुन, माओबादीको तर्फबाट अध्यक्ष पदमा बैजु प्रसाद गुप्ता र उपाध्यक्ष पदमामा पावित्रा देवी कोहार
यसैगरी जसपाबाट अध्यक्ष पदमा धरेन्द्र यादव र उपाध्यक्षमा मन्जु चौधरी, लोसपाबाट अध्यक्ष पदमा मुकुरजी गिरी र उपाध्यक्षमा जलेखा खातुन , एमालेबाट अध्यक्ष पदमा आफताब आलम अंसारी र उपाध्यक्षमा रिङ्गला यादव र राप्रपाबाट रघुनन्दनले उम्मेदवारी दिएका छन ।















