नवलपरासी(पश्चिम) प्रहरीद्वारा करीब ६ लाखकाे सामान बरामद

40

नवलपरासी(पश्चिम), २२ कार्तिक ।

नवलपरासी प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ५ लाख ७४ हजार ५ सय  मुल्य बराबरको बिभिन्न किसिमका पटका वरामद गरी नष्ट गरेको छ ।

विभिन्न मितिमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी लगायतका बिभिन्न किसिमका पटका तथा झिलझिले  जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट वरामद गरी आज मिति २०७८ कार्तिक २२ गते स्थानिय जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि पुरी नष्ट गरिएको छ ।