‘धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुल्यो’

28

तस्वीर- एएनआई/पीआईबी

काठमाडौँ– भारतका सामाजिक न्याय तथा सशक्तिकरण राज्यमन्त्री रामदास आठवालेले संविधानको धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१९ मा संविधानको धारा ३७० खारेजीसँगै जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका हुन् ।

भारत सरकार जम्मु कश्मीरको विकास एवम् शान्तिको पक्षमा रहेको भन्दै उनले जम्मु कश्मीरका सबै क्षेत्रलाई विकसित बनाइने बताएको एएनआईले जनाएको छ ।

धारा ३७० खारेजीपछि भारत सरकारले सञ्चालन गरेका ‘प्रधानमन्त्री आवास योजना’, ‘जनधन योजना’, ‘मुद्रा’ लगायतका कार्यक्रमबाट जम्मु कश्मीरका मानिसहरु लाभान्वित भइरहेको समेत टिप्पणी गरे ।