काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । आन्दोलनकारीले गेटमा तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने ।
प्रदर्शनकारीहरुले शेरबहादुर देउवाकाे धनगढीस्थित निवासमा पनि प्रवेश गरेकाे खबर छ । उनीहरुले निवासभित्र प्रवेश गरेका हुन् ।

प्रहरीले उनीहरुलाई बाहिर पठाउने प्रयास गरे पनि प्रदर्शनकारीको ठूलो भीड हुँदा समस्या सिर्जना भएको हो ।















