त्रिवेणीधाम
विगत लामाे समयदेखि बाघले आतंक मच्चाइरहदा नियन्त्रणकाे अभावमा स्थानीयवासी त्रसित बनेका छन् । घर बाहिर निस्कन र खेताला जान समेत छाडेका छन् । बाली भित्र्याउने यस बखत हरेक खेतमा किसानहरू व्यस्त हुनुपर्नेमा घरभित्र सिमित हुनुपरेकाे छ ।
बाघलाइ नियन्त्रण गर्ने निकायले जाँगर नगरेपछि हामी खेतबाली स्याहार्न सकेका छैनाैं, स्थानीय भन्छन् प्रहरीलाइ जानकारी दिंदा सुनेकाे छैन । प्रहरीले वन्यजन्तु आरक्षलाइ भन्नु भन्छ तर सुनवाइ भएन । राष्ट्रिय निकुञ्ज कसरालाइ पनि हामी गुहार्याैं तर कसराले पनि बाघलाइ नियन्त्रण गरिदिएकाे छैन ।
स्थानीय समाजसेवी विश्वमर्दन शाह भन्नुहुन्छ, बाघ जंगलदेखि गाउसम्म बिना राेकटाेक घुमफिर गरिरहेकाे छ । गएकाे चैत १३ गतेका दिन गाउं नजिकै एक जना महिलालाइ आक्रमण गरि घाइते बनायाे । न त बाघ नियन्त्रणकाे प्रयास गरिएकाे छ । न त कतैबाट कुनै सुनवाइ भएकाे छ । हामी त्रसित छाैं ।
बाघलाइ नियन्त्रण गरिदिनुपर्याे । खेताला, गाेठाला सबैतर्फ प्रभावित भएका छाैं । बाटाे हिड्न सकेत डर भएकाे छ ।
त्यति मात्र हाेइन, बाघ प्रतापपुर गाउंपालिकाकाे विभिन्न वडादेखि सुस्ता गाउंपालिकाकाे विभिन्न गाउंबस्तीमा समेत पटकपटक देखा परिसकेकाे छ ।





