तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ    

22
Cards and chips on green felt casino table. Abstract background with copy space. Gambling, poker, casino and cards games theme. Casino elements on green. Selective focus

सुर्खेत, १५ असोज

गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।

उक्त कटेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास  सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।