22 C
New York
Tuesday, May 26, 2026

Buy now

spot_img
spot_img

तस्करी संधैभरि ….., तर पक्राउ कहिलेकांही, कारण थाहा पाउनुहाेस्…

- Advertisement -

संजय कुशवाहा/ नवलपरासी ।  पश्चिम नवलपरासीमा ३० लाख मूल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरेको  छ ।

भन्सार छली ल्याइएको केही अवैध मालसामानहरु लुकाई छिपाई राखिएकाे गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६  हे.क्वा नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमाण्डमा खटिएको टोलीले साेमवार सुस्ता १ बरूवाबाट मालसामान बरामद गरेको हो ।

सुस्ता गाउँपालिकाकाे वडा न.१ बरूवा बस्ने ज्ञानु अर्यालको घर पछाडिको गोदाममा लुकाइ छिपाइ राखिएकाे अवस्थामा प्रहरीले बरामद गरेकाे बताएकाे छ ।

जिल्लामा प्रहरी अधिकारी सरूवा भै नयां आउने बित्तिकै पक्राउ परेकाे अवस्था छ । स्थानीय भन्छन् तस्करहरूसंग लाइन मिलेन भने पक्राउ पर्ने गर्छ तर केही समय पछि फेरी पक्रने क्रम सेलाएर जान्छ । नयां अधिकारी सरूवा भै आउना साथ सक्रिय बन्दै गएकाे सशस्त्र प्रहरी टोलीले सफलता हात पारेकाे हाे ।

गोप्य सूचनाको आधारमा राती २ बजे गोदाममा खानतलासी गर्दा ठुलो परिणाममा केराउ र चिनी अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएकाे साे केराउ र चिनी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक वाग्लेले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme