11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

तमु ह्युला छाेंज धि गुरुङ राष्ट्रिय परिषदकाे जिल्ला अधिवेशन सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, १८ मंसिर ।
तमु ह्युला छाेंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति पश्चिम नवलपरासीको आठौ जिल्ला अधिवेशन सुनवल ५ वनकट्टीमा सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष ईन्द्र गुरुङको अध्यक्षता एव तमु ह्युला छाेंज धि गुरुङ राष्ट्रिय परिषद बागमति प्रदेश प्रमुख गणेश बहादुर तमुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश तमुले गुरुङहरुले आफनो संस्कार, संस्कृति पुस्तान्तरण गर्दै गएमा मात्र गुरुङ जाती विलुप्त्त नहुने बताउदै गुरुङको पहिचान सगैं आफनो सिपलाई पनि पहिचानका रुपमा अगाडि बढाउनु पर्ने धारणा राख्नुभयाे । तमु ह्युला छाेंज धि नवलपरासीका सहसचिव सुष्टि तमुस्यो ले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्याक्ष जनसरी तमुस्योले गर्नुभएको थियो ।
सो अवसरमा तमु ह्युला छाेंज धि सुनवल नगर अध्यक्ष चन्द्र बहादुर तमु, थारु कल्याणकारी जिल्ला अध्यक्ष मुनिन्द्र चौधरी, आदिवासी जनजाती महासंघ जिल्ला समिति अध्यक्ष तारा राना, तमु ह्युला राष्ट्रिय परिषद लुम्विनी प्रदेश अध्यक्ष खुम बहादुर तमु, खेमालिपिका सहसंयोजक भिम तमु, तमुस्यो ह्युला छाेंज धि केन्द्रिय अध्यक्ष टिचन तमुस्यो लगाएतले अधिवेशनकाे सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
साे अधिवेशनले उदिम तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिकाे  चयन गरेको छ । जसकाे वरिष्ठ उपाध्यक्षमा जनसरी तमुस्यो, उपाध्यक्षमा राम बहादुर तमु, सचिवमा खड्का बहादुर तमु, कोषाध्यक्षमा सृष्टि तमुस्यो, संगठन सचिव देव बहादुर तमु, प्रचार सचिव राजु तमु, सहकोषाध्यक्षमा गौमाया तमुस्यो र सदस्यहरु क्रमशमा डम्बर बहादुर तमु, आशा तमुस्यो, धनमाया तमुस्यो, खुबी तमुस्यो, नन्दु तमु, शिव तमु रहनु भएको छ र थप ३ जना पछि मनोनित गर्ने जनाइएको छ ।
 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme