डुबेर ४ बर्षे बालककाे मृत्यु

40

सुनसरी, २२ कात्तिक

ईटहरी उपमहानगरपालिका-४ बस्ने बलिन्द्र अधिकारीको छोरा ४  वर्षीय दर्पण अधिकारीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । डबेर अशक्त भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।