10.1 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

जेनजी आन्दोलनको नाममा राजधानीका विभिन्न शोरुममा बुधवार पनि तोडफोड र आगजनी, अर्बौंको क्षति

- Advertisement -

काठमाडौं । जेनजी आन्दोलनको नाममा थापाथली क्षेत्रस्थित विभिन्न गाडीका शोरुमहरूमा ठूलो मात्रामा तोडफोड र आगजनी भएको छ। राजनीतिक दल वा विवादसँग कुनै सरोकार नभएका निजी कम्पनी र अन्तर्राष्ट्रिय ब्राण्डका शोरुमसमेत आक्रमणको लक्ष्य बनेका छन्।

प्रदर्शनकारीहरूले शोरुमका सिसा फुटाएर भित्र प्रवेश गरी बिक्रीका लागि राखिएका नयाँ गाडीमा क्षति पुर्‍याएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा उनीहरूले शोरुम तोडफोड गरिरहेको देखिन्छ।

यस्तै, केही प्रदर्शनकारीले कार्यालयभित्र पस्दै फर्निचर, कागजात, कम्प्युटर जलाउने, लुटपाट गर्ने र आगजनी गर्ने काममा संलग्न भएको बताइएको छ। निजी सम्पत्तिमा गरिएको यो व्यापक क्षतिले आन्दोलन अराजक र हिंसात्मक दिशातर्फ मोडिएको संकेत गरेको छ।

थापाथलीस्थित सिजी, हुण्डाई, निसान, टाटा, फोर्डलगायतका शोरुमहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस घटनापछि क्षेत्र उजाड र त्रासदीपूर्ण बनेको छ। प्रभावित व्यवसायीहरू आक्रोशित भए पनि तत्काल प्रतिक्रिया दिन नसक्ने अवस्थामा छन्।

जेनजी आन्दोलनको क्रममा मंगलबार गाडीका शोरुम मात्र होइन, अर्बौँ रुपैयाँ लगानीमा स्थापना भएका होटल, सुपरमार्केट, टेलिकम कम्पनी र विद्यालयहरूमा समेत आक्रमण गरिएको छ। यसले देशको पहिल्यै कमजोर रहेको व्यवसायिक वातावरणलाई अझै अस्थिर बनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme