नवलपरासी, २४ पुष ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण आयाेजनाले पश्चिम नवलपरासीमा केरा खेतीकाे जाेन सञ्चालन समितिकाे गठन गरेकाे छ । प्रतापपुर र सुस्ता गाउँपालिकाका केरा किसानहरूकाे भेलाले केरा किसान बेचन काेइरीलाइ सर्वसम्मत रूपमा संयाेजक चयन गर्दै ९ सदस्यीय समिति गठन गरेकाे हाे ।
जाेन सञ्चालन समन्वय समितिमा ओमप्रकाश सैंथवार, विष्णुदेवी बराल, बन्हु खवाँस, जेहरी चमार, रामकिशुन काेइरी, लख्खु प्रसाद यादव, लक्ष्मण सिंह थापा र हसन्तरा खातुन सदस्य रहेका छन् ।
पश्चिम नवलपरासीकाे प्रतापपुर र सुस्ता गाउँपालिका क्षेत्रमा केराकाे खेती गर्ने किसानकाे संख्या बढदै जांदा पछिल्लाे समय सरकारकाे ध्यानाकर्षण भएकाे छ । पछिल्लाे समयमा पकेट क्षेत्रकाे घाेषणासंगै केरा खेती विकासका लागि अन्य याेजनाहरू समेत यस क्षेत्रमा आकर्षित हुन थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देही अन्तर्गत नवलपरासी (ब.सु.प.) मा चालु आ.व बाट संचालित केरा जोन तर्फको जोन संचालन समन्वय समिति गठन गर्ने कार्यक्रम अनुसार पुष २४ गतेका दिन त्रिभुवन मावि बेलाटारीमा भेला आयाेजन गरिएकाे थियाे ।
जोन कार्यक्षेत्र भित्रका सूचिकृत सम्पूर्ण कृषक समुह, सहकारी र निजि उद्यमीहरुकाे उपस्थिति रहेकाे थियाे ।





