छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

59
File pic

काठमाडौं ।

            गोरखा, शहिदलखन गाउँपालिका-३ सिलिङस्थित सडकमा सोही गाउँपालिका-३ कोटगाउँबाट पोखरीडाँडामा जन्ती गएर फर्किदै गरेको प्र.३-०१-०२३ च २४२७ नम्बरको बोलेरो जीप सडकबाट करिब ५० मिटर तल भिरमा खसेर गएराति दुर्घटना हुँदा जीपमा सवार गोरखा शहिदलखन गाउँपालिका-५ पोखरीडाँडा बस्ने १९ वर्षीय प्रबिन थापासहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको आबुखैरेनी हस्पिटल आबुखैरेनी तनहुँमा उपचार भइरहेको छ भने १ जनालाई उपचारको लागि सीएमसी अस्पताल चितवनतर्फ पठाइएको छ ।

झापा, कमल गाउँपालिका-३ केराधापस्थित सडकमा मे.१ ख १५१८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कमल थापाको छोरा ५ वर्षीय जनम थापाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

            बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा बीआर ०५ पीए ९६५२ नम्बरको स्कारपियोले ना.५६ पा ५६३२ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार जितपुरसिमरा उपमहानगरपालिका-२ मुसर्निमाई बस्ने ५० वर्षीय बुद्धिलाल भुर्तेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अलपाईन हस्पिटल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि वीरगंजतर्फ पठाईएको छ । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

            मोरङ, सुनदरहरैचा नगरपालिका-५ बाँसबारीस्थित सडकमा प्र १-०२-०५० प ८०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय सिवनाथ अचार्यको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।