बेइजिङ । चीनको घरजग्गा क्षेत्रमा अहिले मन्दी देखिएको छ। हुनान प्रान्तका अधिकारीहरुले भने यो मन्दीलाई कम गर्नका लागि पार्टीका सदस्य र कार्यकर्ताहरूलाई सम्पत्ति खरिद गर्न र कारोबारहरु गर्न आग्रह गरेका छन्।
अगस्ट १६ मा, शिमेन काउन्टी पार्टी कमिटीका सचिव देङ बिबोले शिमेन काउन्टी, चाङ्दे शहर, हुनानमा २०२२ घर जग्गा प्रदर्शनी र व्यापार मेलामा भाग लिएका थिए। उनले आफ्नो भाषणमा कार्यकर्ताहरुलाई मन्दीबाट मुक्ति पाउनका लागि घरहरू खरिद गर्न आग्रह गरे।
जुन चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो। ‘सबै कमरेडहरू, नेताहरू हामीले घर खरिदमा नेतृत्व लिनुपर्छ। एउटा किनेको छ भने दुई, दुई किनेको छ भने तीन, तीन किन्नुभयो भने चार किन्नुहोस्,’ उनले भने। यो भिडियो चिनियाँ सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भएको थियो र उनको आलोचनासमेत भएको थियो। पहिलो कुरा, भ्रष्टाचार विरोधी अभियानपछि पनि सीपीसीका अधिकारीहरू धनी नै छन्।
काउन्टी प्रमुख वा काउन्टी पार्टी कमिटीका सचिव मात्र होइन, ठूलो संख्यामा नगरपालिका र सडक स्तरका पदाधिकारीहरू पनि सम्पन्न रहेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन्। एक काउन्टी पार्टी सेक्रेटरीले सार्वजनिक रूपमा अधिकारीहरूलाई धेरै अपार्टमेन्टहरू किन्नको लागि कल गर्न सक्ने र अधिकारीहरूको लुकेको आम्दानीले कुनै पनि समस्या नहुने बताइएको छ।
अर्को प्रश्न यो उठ्छ कि चीनको घर जग्गा बजार वास्तवमै यति खराब अवस्थामा छ कि अहिले कुनै पनि व्यक्तिले घरजग्गा कारोबार गर्नसक्न अवस्था छैन। उल्लेखनीय रूपमा, ऋणी विकासकर्ताहरूबाट सम्पत्ति खरिद गर्ने देशभरका चिनियाँ गृह खरीददारहरूले उनीहरूको अधूरो अपार्टमेन्टहरूमा ऋण तिर्न अस्वीकार गरिरहेका छन्।
द न्यु योर्क टाइम्समा लेख्दै दाइसुके वाकाबायशीले चीनको अर्थतन्त्र ठेस लाग्दा घर मालिकहरूले धितो भुक्तानी बहिष्कार गरिरहेका छन्।





