14.2 C
New York
Monday, May 4, 2026

Buy now

spot_img
spot_img

कुशवाहा समाजको नववर्षकाे शुभकामना तथा क्यालेण्डर विमाेचन कार्यक्रम सम्पन्न

- Advertisement -

काठमाडौँ, वैशाख २० (शनिबार) — नेपाल कुशवाहा कल्याण समाज को आयोजनामा नयाँ वर्षको अवसर पारेर शुभकामना आदान–प्रदान, सम्मान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समाजको केन्द्रीय कार्यसमिति, काठमाडौँद्वारा आयोजित उक्त कार्यक्रममा समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता समाजका केन्द्रीय अध्यक्ष राकेश मेहेता ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा माननीय राजकिशोर महतो को उपस्थिति रहेको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा माननीय सरिता महतो र माननीय प्रमोद महतो सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष रामबाबु महतो र डाक्टर कृपाराम मेहता को उपस्थिति विशेष रह्यो। साथै कुशवाहा बुद्धिजीवी सेवा समाज नेपाल का केन्द्रीय अध्यक्ष नन्दु महतो, उपत्यका कमिटी अध्यक्ष निरञ्जन कुमार महतो लगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, व्यवसायी, कर्मचारी तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रममा वक्ताहरूले नयाँ वर्ष २०८१ ले सम्पूर्णमा सुख, शान्ति, समृद्धि र प्रगतिकाे कामना व्यक्त गर्दै समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

सोही अवसरमा समाजद्वारा प्रकाशन गरिएको नयाँ वर्षको क्यालेन्डरको विधिवत् विमोचनसमेत गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण तथा अनुशासित वातावरणमा सम्पन्न भएको केन्द्रिय सदस्य भरतलाल महताेले जनाएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme