प्रहरी सकृय हुंदा दैनिक जसाे राजश्व छलीका सामान बरामद हुन थालेकाे छ तर तस्करी नियन्त्रणकाे लागि संयन्त्र कमजाेर सावित भैरहेकाे छ ।
नवलपरासी । जिल्लाकाे रामग्राम नगरपालिकाबाट प्रहरीले ६३ लाखकाे चिनी बरामद गरी कार्वाही चलाएकाे छ ।
८४१.५ क्वीन्टल चिनी अवैध रूपमा लुकाइ छिपाइ राखेकाे सूचनाकाे अधारमा २०७९ पौष २९ गते १९:३० बजेको समयमा छापा मारी वार्ड नं ८ लोसहडामा रहेकाे धर्मेन्द्र यादवको पाल्ही एग्रो फार्म प्रा.लि. (कुखुरा फर्म) मा छापा मार्दा साे चिनी बरामद भएकाे हाे ।
छापा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) बाट प्रहरी निरीक्षक र सशस्त्र प्रहरी बल २६ नम्बर गण हे. क. नवलपरासी (ब.सु.प.) बाट स.प्र.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले मारेकाे बताइएकाे छ ।
उक्त चिनी बरामद गरि आबस्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भैरहेको नवलपरासी प्रहरीले जनाएकाे छ।





