काठमाण्डाैं । चिनद्वारा नेपालमाथि गरिएका कैयन गैरवैधानिक गितिविधहरू नेपाली जनताकाे निम्ति अनभिज्ञ विषय बन्नु कुनै नाैलाे विषय हाेइन । यसमा नेपालकाे मूलधारमा रहेकाे सञ्चार क्षेत्रदेखि नाेकरशाहरूकाे साेझाे भूमिका रहेकाे तथ्य पनि जग जाहेर छ ।
चीनका यस्ता गतिविधिहरूमा नेपाली नागरिकमाथि अन्याय, अत्याचार गर्नु, नेपालमा गैर वैधानिक कृयाकलापहरूकाे सञ्चालनमा ल्याउनु, अनधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नु जस्ता अनेक विषय पर्दछन् ।
यी त भए दिनहुं व्यावहारमा चल्ने विषयहरूमा चीनकाे अत्याचारी व्यावहार । यस अतिरिक्त नेपाली भूमि हस्तक्षेप र अतिक्रमण गर्ने क्रममा चीनकाे ती स्थान कायम राखेकाे छ ।
हुम्लाकाे रूइ गाउंका अतिरिक्त अन्य कैयन स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेकाे छ । सरकारलाइ यसकाे पुर्णतः जानकारी रहंदा रहदै पनि यसकाे विराेधमा पहल गर्न कुन शक्तिले व्यावधान सृजना गरेकाे छ, याे एउटा रहस्यमय प्रश्न हाे ।
नेपाली जनमानस साधारणतः शान्तिप्रिय र बाँच अनि बाच्न देउकाे सिद्धान्तमा हिडने समुदाय हाे । नेपालीकाे मुलभुत जैविक प्रवृत्ति भनेकाे आफ्नाे राष्ट्र प्रतिकाे वफादारिता र राष्ट्रकाे माया हाे ।
आफ्नाे भूभागकाे निम्ति प्राणसम्म अर्पण गर्न सक्ने याे विर जाती चीनकाे अत्याचारी प्रवृति प्रति किन यति माैन भएर बस्न सक्छ । हुम्लाका अतिरिक्त चीनले संखुवासभा जिल्ला अन्तर्गतकाे किमाथांका क्षेत्रमा आफ्नाे संरचनाहरू निर्माण गरेकाे तथ्य फेला परेकाे छ । चीनले नेपालकाे भूमिमा अनाधिकृत रूपमा अध्यागमन कार्यालय बनाएर संचालनमा ल्याएकाे छ ।

अरूण नदीले छुट्टयाएकाे सिमाना अतिक्रमण गरि आफ्नाे कार्यक्रम संचालनमा ल्याउनु नेपालकाे सार्वभाैमिकता माथि ठुलाे प्रहार हाे । स्मरणिय के छ भने यस कार्यालय वरिपरि जुन स्वयम नेपाली उपर ठडिएकाे छ, त्यहां नेपाली नागरिकहरूकाे आवागमन प्रतिबन्ध गरिएकाे सूचना पट नै लगाइएकाे पाइन्छ ।
एउटा स्वतन्त्र राष्ट्रकाे सिमाना क्षेत्र अनाधकिृत रूपमा कब्जा गरि, आफ्नाे संरचना खडा गर्नु एवम नेपाली नागरिकहरू माथि प्रतिबन्ध लगाउनु जस्ता दुस्साहस अत्यन्त निन्दनीय छ ।सरकारले यसप्रति आफ्नाे धारणा स्पष्ट गर्नु अति वाञ्छनिय ठहर्दछ ।
यसमा अझ के पनि उल्लेख गरिएकाे छ भने यदि कुनै नेपाली नागरिकले यस जंगल क्षेत्रमा आगाे लगाउने कार्य गरे उसलाइ दण्डनीय ठहराइने छ ।





