कपिलवस्तुमा भरूवा बन्दुक बरामद

162
file pic

कपिलवस्तु, २ फागुन ।

वाणगंगा नगरपालिका वडा नं. ९ चौवा बस्ने बर्ष ६० का राम समुझ थारुको गोठबाट ५ थान लोड भएका एक नाले भरुवा बन्दुकहरु बरामद गरिएको छ । 

विशेष सूचनाका आधारमा थारुको गोठ खानतलासी गर्दा फागुन १ गतेका दिन गोठको छानो मुनि प्लास्टिकले छोपी लोड गरिएका ५ थान एक नाले भरुवा बन्दुकहरु लुकाई राखिएको अवस्थामा फेला परेका थिए ।

बरामद गरिएका भरुवा बन्दुकहरु र राम समुझ थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।