ओलीलाई जिम्मेवारी दिने निर्णय मान्दिन : भीम रावल

17

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।
उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । उनले आफू अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने समेत बताए ।