7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

उपेन्द्र जस्तै राउत आफै लाभ पद लिन चाहेनन्

- Advertisement -

बारा । अहिलेे बारा जिल्लाकाे क्षेत्र २ उपनिर्वाचनमा राष्ट्रिय राजनीति हाेमिएकाे छ । सप्तरीमा उपेन्द्र यादवलाई भारि मतले हराएका सिके राउत निकै नै जाेशले हाेमिएका छन । राउतले नयाँ हुनुको लाभ उठाउन पछिपरेका छैनन् ।

मधेश सरकारको नेतृत्व गरिरहेको र पटक–पटक संघीय सरकारमा जसपाका नेताहरू गए पनि यहाँको बेरोजगारी, अस्पताल, स्कुल र किसानको समस्या नफेरिएको प्रचारलाई जोड दिएका छन् । अझ दशगजा क्षेत्रका नागरिकले भारतको भर परिरहनु परेको पीडालाई चुनावी एजेण्डा बनाएको छ ।

अझ उपेन्द्र यादव, पुरुषोत्तम पौडेल र रमेश खरेलहरू यो निर्वाचन क्षेत्र भन्दा बाहिरका नेता भएको प्रचारलाई घरघरसम्म राउतले पुर्‍याइरहेका छन् । ‘आफ्नो नेता आफैं हो, आफ्नो ठाउँको नेता आफैं हो भन्ने स्वराजको मान्यतालाई हामीले जोड दिएका छौं’, जनमतका नेता बीपी भन्छन् ।

महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, पचरौता गाउँपालिका, करैयामाईका ८ वटा वडा र कोल्हवी नगरपालिकाको ८ नम्बर वडा पर्ने यो निर्वाचन क्षेत्रमा प्रभु साह नेतृत्वको आम जनता पार्टीको अभियानले पनि सीके राउतलाई नै लाभ पुग्ने स्थानीय बुझाइ छ ।

हुनत आम जनताले चुनाव नै जित्ने दाबी गरिरहेका छन् । तर उपेन्द्र यादव विरुद्ध आक्रोशपूर्ण प्रचारमा स्वयं प्रभु साह खटिंदाको लाभ राउतलाई पुग्ने नै भयो । मंगलबार पिपरपातीको चुनावी सभामा त प्रभु साहले उपेन्द्रलाई राजा–महाराजा शैलीकै उपमा दिए । ‘पाँच दलको आडमा राजा–महाराजा शैलीमा चुनाव लडिरहेका छन्, हिम्मत भए एक्लै आउनुपर्‍यो’ साहको सम्बोधन थियो । यादवले भने आफूले कुनै चुनौतीको अनुभूति नगरेको बताउँछन् ।

‘मैले त प्रतिस्पर्धी नै भेटेको छैन, बरु जनताको उत्साह बढेको पाएको छु’, यादव भन्छन् । उपेन्द्रका समर्थकहरू पनि सीके राउतले आफूलाई नयाँ भने पनि एजेण्डा नभएकाले मत नपाउने तर्क गर्छन् । सुवर्ण गाउँपालिका–७ का शिवशंकर यादव मधेशीको अधिकार स्थापित गर्न लड्ने नेता भएकाले पनि यो उपचुनावमा उपेन्द्र यादवले हार्न नहुने बताउँछन् । विश्लेषक चन्द्रकिशोर पनि यो उपनिर्वाचनको नतिजाले उपेन्द्रको राजनीतिमै ठूलो असर पर्ने देख्छन् ।

‘चुनाव हार्नुभयो भने उहाँले नेतृत्वबाट नैतिकताका आधारमा हट्नुपर्ने दबाव आउन सक्छ, संसदीय दलको नेता अशोक राईलाई बनाउन बाध्य हुनुपर्नेछ’, चन्द्रकिशोर भन्छन् । तर जनमत पार्टीले यो उपनिर्वाचन हारे पनि यो तहको चुनौती दिन सक्नुले मधेशमा सीके राउत फैलिएकै पुष्टि हुने उनी बताउँछन् । साभारः अनलाइनखबर

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme