आमासंगै नुहाउन गएकाे बालक बेपत्ता

269
File pics

पश्चिम नवलपरासीमा आमासंगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित कंगली खाेलामा डुबेर हराइरहेका स्थानीयले बताएका छन् ।

गूठी परसाैनी गाउँका स्थानीय रामकान्ता मालीकाे ११ वर्षे छाेरा जितिया पर्वकाे अवसरमा अपरान्ह नदी वा तलाउमा स्नान गर्ने परम्परा अनुसार स्नान गर्न जांदा आमासंगै गएका छाेरा नुहाउने क्रममा पानीमा हराइरहेकाे प्रहरी चाैकी रामनगरका सब इन्स्पेक्टर धर्म कुंवरले बताए । उनले भने, जनपद र सशस्त्र प्रहरीले स्थानीयवासीकाे सहयाेगमा राती अबेरसम्म खाेजी गरियाे तर कतै भेटिएन । खाेजीकाे कार्य जारी राखिएकाे छ ।

स्थानीयवासीका अनुसार व्रतालु महिलाहरू अपरान्ह नदीमा नुहाउन जान लाग्दा अभिभावकका साथमा बच्चाहरू समेत गएका थिए तथा आफुखुशी नुहाउने क्रममा डुब्न लागेका २ जनाकाे स्थानीयले उद्धार गरेका हुन् । पछि अरू महिलाहरूले आआफ्ना बच्चाहरूकाे खाेजी गर्न थालेपछि ११ वर्षे बालक माली समेत हराएकाे कुरा खुल्न आएकाे सब इन्स्पेक्टर कुंवरले बताए ।

११ वर्षे बालक माली कतै नभेटिएपछि उनी पानीमा डुबेकाे हुनसक्ने अनुमानकाे अधारमा खाेजी कार्य शुरू गरिएकाे हाे । उनकाे खाेजी कार्य भइरहेकाे छ ।