अफगानिस्तान छाड्नेहरूमा सयभन्दा बढी सङ्गीतकार

25
एजेन्सी-

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले देश छाडेका छन् ।

अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।’

अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।

काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारहरूलाई सानो-सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो । तालिबानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए ।

तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए  ।