काठमाण्डाैं, १६ पर्सा ।
गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।
सार्वजनिक स्थल मा मजाक ख्यालठटा वा मस्कारी (prank) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारिरिक तथा मानसिक रुपमा सास्ती दिने,हैरान पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गर्ने लाई कानुन बमोजिम कारवाही हुने छ ।

सार्वजनिक स्थलमा सर्वसाधारण व्यक्ति को (prank) को नाम मा गोप्य भिडियो बनाउने,फोटो खिच्ने जस्ता कार्य गरि सामाजिक संजालमा राख्ने गुनासो तथा सुचना प्राप्त भएको सम्बन्धमा ध्यानाकर्सन भएको बिज्ञप्ति मा जनाईएको छ।
यस्ता भद्दा प्रकृतिका ख्यालठटा गरि सर्वसाधारण लाई मानसिक तनाव उत्पन हुने, वादविवाद हुने,सामाजिक सदभाव र शान्ति सुब्यवस्तामा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गरि बिना अनुमति कुनै पनि प्रकारको तस्बिर लिने र सामाजिक संजालमा प्रकासन गर्ने व्यक्तिलाई जानकारी नै नदिइ प्रकासन गर्ने लाई कानुनबमोजिम कारवाही हुने गृह मन्त्रालय का महासचिव फणिन्द्रमणि पोख्रेल ले बिज्ञप्ति जारी गराएका छन्।















