10.5 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

अनमोल केसीलाई हाजिरी जमानीमा छाडियो

- Advertisement -

कलाकार अनमोल केसी हिरासतमुक्त भएका छन्। 

उनलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई हिरासतमुक्त गरिएको हो।

आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। ‘रावायण’ फिल्म खेल्न उनले १० लाख रूपैयाँ लिएको तर पछि नखेल्ने भनेर रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।

फिर्ता नगरेपछि निर्माताले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको हो। 

शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले तीन दिनको म्याद दिएको थियो।

शुक्रबार पक्राउ परेका केसीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme