नवलपरासी, २३ चैत ।
कोरोना भाइरसकाे महामारी हाल विश्वमा फैलिएको छ । नेपाललाई महामारीको जोखिमबाट बचाउन अाम नागरिककाे सहयाेग र सक्रियता आवश्यक रहेकाे भन्दै ५ नं. प्रदेश सरकारले कोभिड १९ संग सम्बन्धित प्रदेशभरका सूचना संकलन र संप्रेषण गर्न मोवाइल एपको निमार्ण गरेको छ ।
यो एप गुगल प्ले स्टोरमा भाेली २०७६ चैत २४ गते देखि उपलव्ध हुनेछ । यसबाट डाउन लाेड गरि अापफना जानकारी अपलाेड गर्न सकिने मुख्यमन्त्रीका प्रेस सलाहकार शेर बहादुर केसीलेे अाज जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । विज्ञप्तिमा तीन तहका सरकार आवश्यक समन्वय र सहकार्य गर्दै संभावित जोखिमबाट मुलुकलाई जोगाउन क्रियाशिल भइरहेको अवस्थामा नागरिकको पूर्ण सहयोग आवश्यक रहेकाे भनिएकाे छ ।
संभावित जोखिमबाट नागरिकलाई जोगाउन सरकारले लक डाउन घोषणा गरेको छ र त्यसको पूर्णतः पालनाका लागि नागरिकलाई आग्रह गरिरहेको छ । देश लकडाउनको अवस्थामा रहेको र प्रकोप विरुद्ध लड्न प्रविधिको प्रयोग एउटा महत्वपूर्ण उपाय हो ।
यस एपका विशेषताहरू
- यस एपलाई आफ्नो मोबईलमा डाउनलोड गरी साईन अप गरेपछि कोभिड -१९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाऊन सकिन्छ ।
- यस एप मार्फत Location सहितको स्वास्थ्य विवरण संकलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्नेछ ।
- यस एपको माध्यमबाट कोभिड -१९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठार्इ उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिन्छ ।
- भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाईनमा बसे/नबसेको विवरण समेत यस एप मार्फत पठाऊन सकिन्छ ।
- धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने घटनाहरु सार्वजनिक भईरहेका छन् । यस्ता कृयाकलापले आफुलाई मात्र नभई समाजलाई नै खतरा पुग्न सक्ने विज्ञहरुको सुझाव छ । तसर्थ यदि तपार्इंको छरछिमेकमा त्यस्तो अवस्था भएको देख्नुभएमा यस एप मार्फत रिपोर्ट गर्न सक्नुहुनेछ ।
- यस एपबाट कोभिड-१९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क एवं समाचारहरूसमेत प्राप्त गर्न सकिनेछ ।
यस एप मार्फत संकलन हुने विवरणले कोभिड -१९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा निक्कै मद्धत मिल्नेछ । त्यसैले प्रदेश ५ का सम्पुर्ण बासिन्दाहरूमा यस एपमार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भाइरस (कोभिड -१९) संग संवन्धित विवरण पठाउन प्रदेश सरकार, प्रदेश-५ ले अनुरोध गरेकाे छ ।