हृदयेश त्रिपाठीलाइ ठुलाे झट्का, चुनावकै बिच कार्वाही

53

नवलपरासी, मंसिर ३ गते ।

दलले घाेषित गरेकाे अाधिकारिक उम्मेदवारकाे विरूद्धमा लागेकाे भन्दै निर्वाचन प्रचारप्रसार चलिरहकै बेला राजपा नेपालले नेता हृदयेश त्रिपाठीलाइ कारवाही गरेकाे छ ।

जिल्ला कार्य समिति नवलपरासीले एक विज्ञप्ति प्रकाशित गर्दै त्रिपाठीलाइ पांच वर्षका लागि निलम्बन गरेकाे जनाएकाे हाे । यस विज्ञप्तिकाे भए लगत्तै त्रिपाठीलाइ ठुलाे झटका लागेकाे छ ।

त्रिपाठी यतिबेला चुनावमा हाेमिएका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभामा उम्मेदवारी गरेका छन् ।

त्रिपाठी राजपामा एक्लिएपछि संकटमा परे लगत्तै अाएकाे निर्वाचनमा जानुपर्ने बाध्यताका कारण जित्ने रणनीति अन्तर्गत अाफुलाइ स्वतन्त्र उम्मेदवार समुहकाे सदस्य बनाउन पुगे तर यतिले पनि नपुगेपछि नेकपा एमालेसंग चुनावी तालमेल गरेका हुन् ।

एमालेकाे चुनाव चिन्हमा उम्मेदवारी गरेपछि राजपा नेपाल नवलपरासीले त्रिपाठीले दलकाे अाधिकारिक उम्मेदवार अरूण कुमार सिंह विरूद्ध उम्मेदवारी गरि दलकाे हित विपरित काम गरेकाे भन्दै पांच वर्षका लागि निलम्बन गरेकाे हाे । पार्टीले केन्द्रिय निर्देशनका अाधार कारवाही गरिएकाे प्रष्ट पारेकाे छ ।

त्यस्तै, असरफ चुरिहार विरूद्ध प्रदेश सभा १ ख का लागि उम्मेदवारी गरेका अजय बहादुर शाही समेतलाइ राजपाले कार्वाही गरेकाे पत्रमा उल्लेख छ ।

यस कारवाहीकाे खबर सार्वजनिक भएपछि त्रिपाठीकाे कार्यकर्तामा जहां चिन्ता बढेकाे छ, त्यहीं अर्काेतर्फ यस पत्र कै कारण राजपा नेपालका मतदातालाइ एकत्रित पार्ने विश्लेषकहरूकाे भनाइ छ ।