हुम्लामा लडेर ७० वर्षे व्यक्तिकाे मृत्यु

19

हुम्ला, २६ मंसिर

मुगु सोरुकोट गाउँपालिका-४ फोचु बस्ने ७० वर्षीय भक्त बहादुर शाहीको शनिबार दिउँसो बाटोमा लडेर मृत्यु भएको    छ । लु.१ ज ४३१७ नम्बरको जिपमा बाजुराको हिमाली गाउँपालिकामा पर्ने घुलाचौरबाट सोही गाउँपालिका कवाडी बजारमा झरेर आफ्नो घरतर्फ जाने क्रममा बाटोमा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि हुम्ला ताजाकोट गाउँपालिका-२ मैलाकवाडी बजारमास्थित धिरज मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।