हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासीद्वारा मास्क बितरण

7

उमेश बि.क, सन्जय कुश्वाहा / नवलपरासी ,२० चैत

नवलपरासीको प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकामा हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासीद्वारा मास्क बितरण गरिएको छ।

विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि अहोरात्र जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क बितिरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल जिल्ला सचिव बिरेन्द्र कुवरले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन सहयोग होस भन्ने उदेश्यले सडक सुरक्षामा खटिनु भएका सशस्त्र प्रहरी बाेडर अाउट पाेस्ट गुठिप्रसाैनि, प्रहरीचाैकी बसहिया,प्रहरीचाैकी पचफेडा,प्रहरीचाैकी भुजहवा ,सशस्त्र प्रहरी भुजहवा , हेल्प डेस्क समेतगरि ४०० मास्क बितरण गरिएको हो ।

दिनभर सडकमा खट्नु पर्ने सशस्त्र प्रहरी र प्रहरीलाई धुवा र धुलो मात्र होईन कोरोनाको त्रासमा बस्नु परेको अवस्था भएको र जनताको ज्युधनको सुरक्षाका लागि खटिने प्रहरीका लागि सहयोग होस भन्ने उदेश्यले बितरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासी काेषाध्यक्ष चन्द्रभान कुश्वाहाले बताउनुभयो ।

मास्क बितरणमा हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासी जिल्ला सचिव बिरेन्द्र कुवर,काेषाध्यक्ष चन्द्रभान कुश्वाहा,
लुम्बिनी बिभाग प्रचार प्रमुख देशबन्दु यादव,
अयाेध्या तिवारी ,हरीशंकर तिवारी , निवास यादव , सन्जित शर्मा लगाएको सहभागीता रहेको थियाे।।