नवलपरासी , २९ माघ । पुर्व गृह राज्य मन्त्री एवंम् नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले नेपाल धर्म सापेक्षा वा धर्म निरेपक्ष राष्ट्र हुने निर्णय गर्ने आधिकार जनताको हातमा मात्र रहेको दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले जनताको अभिमत द्वारा धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुनुपर्ने नेता कण्डेल तर्क गर्नुभएको हो । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र संरक्षण समिति बर्दघाट नगरपालिका ७ जिमिरेभार नवलपरासीले आयोजना जारी शिबपुराण धनधान्यान्चल महायज्ञमा सम्बोधन गर्दै कण्डेलले यसलाई जनताको अभिमत्रद्धारा मात्र निष्कर्षमा पुर्याउनुपर्ने जिकिर गर्नुभयो ।
नेपाल हिन्दु राष्ट्र हुनुपर्ने निष्कर्ष अभियानका मुख्य अभियान्ता समेत रहनुभएका कण्डेलले जनताको राय मार्फत ९० प्रतिशत हिन्दु समुदाय रहेको नेपाल पुन हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिनुभयो । हिन्दु राष्ट्रको पक्षमा कांग्रेस रहेको दाबी गर्दै कण्डेलले सो कुरा काग्रेसको केन्द्रीय समितिमा बारम्बार उठिरहेको तर्क गर्दैै अब नेपाल हिन्दु राष्ट्र हुनु पर्ने तर्क दोहो¥याउनुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेता कण्डेलले बिभिन्न दलहरुले देशलाई धर्म निरपेक्ष बनाएर गल्ती गरेको स्वीकार गरीसकेको अवस्थामा जनताको मतले त्यसलाई उल्टाउन सक्ने जिकिर गर्नु भयो ।