हिन्दुराष्ट्रबारे जनमत संग्रह नभए आन्दोलन गर्छौंं : कमल थापा

9

काठमाडौं, २१ असोज   |

राप्रपा अध्यक्ष कमल थापाले आगामी संघ र प्रदेशको निर्वाचनसँगै हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने माग गरेका छन् । राप्रपाले जनमत संग्रहका निम्ति जनदबाब सिर्जना गर्न देशव्यापीसभा र जुलुस आयोजना गर्ने भन्दै माग सम्बोधन नभए सडक आन्दोलन गर्नेसमेत बताएका छन् ।

शनिबार पार्टीको भातृ संगठनका रुपमा स्थापना भएको नेपाल सनातन धर्म संस्कृति संगठनको उद्घाटन कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

उनले हिन्दुत्व पुजापाठ वा कर्मकान्डी विषय मात्र नभयर जीवन पद्धति भएको भन्दै हिन्दु धर्ममा रहेका कमी कमजोरी र विकृति अन्त्य गर्दै हिन्दुधर्मलाई अगाडि बढाउनुपर्ने धारणा राखे । हिन्दु धर्मलाई सबैको साझा बताएका अध्यक्ष थापाले त्यसका नाममा हुँदै आएको छवाछुत र भेदभाव अत्य हुनुपर्ने विचार व्यक्त गरे ।
हिन्दुत्व नेपालको पहिचान भएको भन्दै उनले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र राप्रपाको माग भएको दोहो¥याए । विभिन्न धार्मिक गुरुहरुको उपस्थितिमा भएको कार्यक्रममा नेपाली बाबाले संगठनको उद्घाटन गरे । पुष्पराज पुरुषको संयोजकत्वमा १०१ सदस्यीय तदर्थ समिति घोषणा भएको छ । साभारः नयां पत्रिका