हराएकाे छाेराे खाेजीदिन बुबाकाे अपिल

93

नवलपरासी । छिमेकी मुलुक भारतकाे उत्तर प्रदेश महराजगञ्ज जिल्ला निचलाैल नगरपालिका घर भएका एक १२ वर्षे बालक हराइरहेका छन् ।

विश्वजित प्रजापति नाम गरेका बालक २ अगस्त अर्थात साउन १७ गते विहान ६ बजेकाे समयमा घरबाट निस्केदेखि यस समाचार लेख्दासम्म फेला नपरेकाे सम्बद्ध परिवारले जनाएकाे छ । निचलाैलकाे वडा नं. ४ मियाँ टाेलमा घर भएका बालक आफ्ना आमाबुवाका एक्लाे सन्तान हुन् । एकाविहानै उनी साथीसित घुम्न गएकाे हुनसक्ने अनुमान परिवारमा गरिएकाे छ तर हालसम्म कतै उनकाे अत्ताेपत्ताे छैन ।

बुवा बाबुराम प्रजापतिले छाेराे गहुंगाेराे, स्लिम शरिर, करिब ५ फुट अग्लाे, कालाे रंगकाे हाफ लाेवर र सेताे टीशर्ट र खुट्टामा चप्पल लगाएकाे छ, यस हुलियासित मेल खाने मानिस देखा परेमा आमा संगिता प्रजापतिकाे माेबाइल नं. ००९१ ७२६७८३७१६५ र ९१६१५०७८३६ मा खबर गरिदिन आग्रह गर्नु भएकाे छ ।

त्यस्तै, नेपालमा देखा परेमा अनलाइन जनताकाे कार्यालयकाे सम्पर्क नं. वा शिक्षक रामहंस कुर्मीकाे माेबाइल नं. ९८६४४९५४३१ मा खबर गरिदिन हुन आग्रह गरिएकाे छ ।

विश्वजित प्रजापतिका अभिभावकले खाेजी गरिदिनका लागि भारतीय प्रहरी प्रशासनलाइ गुहारेका छन् । नेपालमा समेत बालककाे फाेटाे तथा हुलिया सहितकाे विवरण भएकाे पम्पलेट लिएर खाेजीमा लागेका छन् । नेपाली मिडिया समक्ष समेत खाेजीका लागि पहल गरिदिन माग गरेका छन् ।

यस्ताे हुलिया भएका बालक कतै देखा परे सम्बन्धित ठाउंमा खबर गरि मानविय धर्म निर्वाह गर्न अनलाइनजनता परिवार सबैमा अनुराेध गर्दछ ।