हराएकाे गैंडा यसरी ल्याइयाे नेपाल, फाेटाे फिचर सहित ….

84

वृजराज कुशवाहा/नवलपरासी पश्चिम

१ पुस

सुस्तावासीकाे अथक प्रयास अाज सार्थक भएकाे छ । राज्यले गर्न नसकेकाे काम सुस्तावासीकाे प्रयासले सार्थक बनेपछि सुस्तामा खुशियाली मनाइएकाे छ । विगत ५ महिनादेखि हराएका गैंडा अाज अाइतवार नेपाल भित्रिएकाे छ ।

गएकाे साउनमा अाएकाे बाढिले बगाउदा चितवन राष्ट्रिय निकुञ्जका तिन गैडा भांरतीय जंगलमा बस्दै अाएका थिए । निकुञ्जले गैंडा नेपाल फर्काउनका लागि अनवरत प्रयास गरेपनि सफल हुन सकेकाे थिएन । भारतीय जंगलमा गैंडा कहिल्यै यता कहिल्यै उता जाने गरेका कारण भेटाउन मुस्किल भैरहेकाे समस्या निकुञ्जका सूचना अधिकृत गाेपाल बहादुर घिमिरेले बताए । उनले अगाडि भने गैंडा भारतीय जंगलमा भेटिए पनि भारतीय भूमिमै बेहाेस पार्न कानुनी कारणले नमिल्ने अवस्था थियाे ।

तर कानुनी अडचनमा फसेकाे निकञ्जकाे समस्या सुस्तावासीले सहज पारे । अथक प्रयास गरि गैंडा नेपाली सिमामा ल्याइ छाडे । सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले भने, सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै गैंडालाइ नेपाली भुमीतर्फ ल्याउदै सुस्ता पुर्याइएकाे हाे ।

अन्दाजी २०/२५ बर्षको यस पोथी गैडालाइ स्थानीय किसान अयोध्या केवटको उखुबारीमा घेरेर राखिएकाे थियाे । र निकुञ्जलाइ सूचना गरिएपछि अाएका हाती र कर्मचारीले स्थानीयवासीकाे सहयाेगमा नियन्त्रणमा लिन सफल भएका हुन् । अाइतवार अबेर नियन्त्रणमा अाएकाे गैंडालाइ निकुञ्जका प्राविधिकले बेहाेस बनाइ स्थिती सहज पारे ।

गैडालाई सुस्तावासीकाे सहयाेगमा डुंगामा लाेड गरी नारायणी नदि वारी नेपालतर्फ ल्याइयाे तर गैंडा उचाल्न र झार्न कम्ती गाह्राे थिएन । पत्रकार रबिन्द्र यादव भन्छन्, सुस्ताका सयाैं व्यक्ति जुटेर उचाल्न सकियाे भने वारीपट्टी जेसीबीकाे प्रयाेग गरि गैंडा डुंगाबाट झारियाे र ट्रकमा लाेग गरियाे । दर्शकले गैंडालाइ चाेट लाग्ला कि भनेर चिन्ता मानीरहेका थिए । उनले अगाडि भने भारत गएकाे नेपाली सम्पत्ति नेपाल फर्काउन पाउंदा स्थानीयवासमा खुशियाली छाएकाे छ । गैंडासंग फाेटाे खिचाउनेकाे भीड देखियाे । बेहाेस भएकाे गैंडालाइ छुन र सेल्फी खिच्नेहरू तछाडमछाड गरेकाे देखियाे ।

निकुञ्जका सूचना अधिकृत गाेपाल बहादुर घिमिरेका अनुसार गैंडा राती नै निकुञ्ज अाएपुग्ने छ । अवस्था हेरेर निर्णय पश्चात उसलाइ जंगलमा छाडिनेछ ।

गैंडालाइ फर्काउनका लागि सूचना पाए पश्चात अमलटारीबाट ३ वटा हात्ती तथा प्राविधिककाे टाेली परिचालन गरिएकाे थियाे । भाडाकाे ट्रकमा गैंडा ल्याउने काम हुदैछ ।

तस्विरः रबिन्द्र यादव