-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

एकैसाथ हजुरबुवा र नातीको हत्या गर्ने व्यक्तिहरु पक्राउ

spot_img
spot_img

नवलपरासी । पश्चिम नवलपरासीमा एकै परिवारका २ जनाकाे हत्या गरिएकाे घटनाका आराेपीहरूलाइ प्रहरीले पक्राउ गरि आइतवार सार्वजनिक गरेकाे छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा गाउँका अक्षयलाल चमार र निजको नाती गौचरण चमारको धारिलो हतियार प्रयोग गरी फागुन १ गते हत्या गरिएको थियाे ।

घटना स्थलमा फेला परेको बायाँ हातमा लगाउने हाफ पन्जाकाे आधारमा अनुसन्धान अगाडि बढेकाे र अनुसन्धानकाे क्रममा CIB को प्रहरी टोली समेत संलग्न भई अनुसन्धानलाई अघि बढाईएको थियाे । अनुसन्धानको क्रममा जिल्ला नवलपरासी सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने वर्ष २९ को अजय धरिकार र वर्ष २० को चन्दन हरिजनको संलग्नतामा घटना भएको खुल्न आएकोले निजहरुलाई मिति चैत ३ गते पक्राउ गरिएकाे प्रहरीकाे भनाइं छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको नवलपरासी प्रहरीले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेकाे हाे ।

झगडाको रिसईबी साँध्न चन्दन हरिजनले निजको मिल्ने साथी अजय कुमार धरिकारसँग मिली बदला लिने योजना बनाई हत्या गरेकाे प्रहरीले बताएकाे छ । सोहि दिन २८ गते भारततर्फको त्रिवेणी मेलामा गई भारु ३ सयमा धारिलो हतियार चक्कु किनेर ल्याइ हत्या गरेकाे खुलासा गरिएकाे छ ।

अक्षयलाल चमारको हत्या गरेपश्चात संगै सुतेको नाती गौचरण चमारले देखेको र निजले आफुहरुलाई चिन्ने डरले निज नातिकाे समेत हत्या गरिएकाे बताइएकाे छ ।

घटनाको समयमा चन्दन हरिजनले लगाएको कालो हाफ पन्जा मध्ये बायाँ पन्जा घटनास्थलमै छुट्न पुगेको र सोही पन्जाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा घटनाको वास्तविकता खुल्न आएको र प्रयोग भएको चक्कु समेत अजय धरिकारको सुत्ने कोठा रहेको टिनको बाकसभित्र लुकाईराखेको अवस्थामा बरामद हुन आएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme