स्रोतकेन्द्र स्तरिय आधारभुत खेल प्रतियोगिताकाे २०अाैं स्तम्भ नवलपरासीमा सुरु

25

नन्दु यादव/रबिन्द्र यादव/सहबान अन्सारी

नवलपरासीको सुस्ता गाऊपालिका वडा नं.२ मा २०औं साबिक बेलाटारी स्रोत केन्द्र स्तरिय आधारभुत तह खेलकुद प्रतियोगीता शुरु भएको छ।

स्वास्थ्यको लागी खेल, राष्ट्रको लागी खेल भन्ने नारा सहित महेन्द्र माध्यमिक विद्यालय कुडियाको आयोजनामा स्रोतकेन्द्र स्तरिय आधारभुत तह खेलकुद प्रतियोगीताको उदघाटन नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्रि हृदयेश त्रिपाठीले गर्नु भएको थियो ।

नेता त्रिपाठीले निर्वाचन क्षेत्र भित्र स्रोत केन्द्र स्तरिय खेलकूद आयोजना गर्ने विद्यालयलाई संसदीय विकाश कोषबाट पाँच लाखको सहयोग दिने बताउनु भयो। 

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रियाजुद्दिन अन्सारीकाे अध्यक्षता तथा पुर्व मन्त्रि हृदयेश त्रिपाठीको प्रमुख अथित्यता रहेको थियो। कार्यक्रममा क्षेत्र नं.१ (ख)का प्रदेश सभाका निर्वाचित उम्मेद्वार अजय बहादुर शाही, सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरषोत्तम सुबेदी, सहायक जिल्ला शिक्षा अधिकारी ताेयानाथ लम्साल, पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डे, बेलाटारी स्रोत केन्द्रका स्रोत ब्यक्ति दधिराम शर्मा लगायतकाले बोल्नु भएको थियो ।

प्रतियोगीतामा स्रोत केन्द्रका करिब ६७ विद्यालयहरुको सहभागिता रहको छ ।