बर्दघाट । पश्चिम् नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १४ को वडा कार्यालय गंगाबस्तिमा यहि भदौ ७ गते जग्गा सम्बन्धि छलफल हुदाहुदै कुटपिट भएको घट्नाको उजुरी स्थानीयकाे दबाबमा प्रहरीले दर्ता गरेको छ ।
स्थानियवासीहरुले प्रहरी चौकी घेरा हालेर चर्काे रूपमा नारावाजी गरेपछि मात्र पीडितको उजुरी घट्ना घटेको ४८ घण्टापछि बर्दघाट ईलाका प्रहरी कार्यालयले दिउँसो ३ बजे निवेदन लिएको थियो ।
जग्गाको विषयमा बिवाद हुदा वडा कार्यलयमा पार्वती क्षेत्री र राज बहादुर क्षेत्री कुटपिटबाट घाइते भएका थिए । घाईते भएका राज बहादुर क्षेत्री अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको घाइतेकी श्रीमति पार्वती क्षेत्रीले बताउनु भएको छ ।
वडा कार्यालयमा बोलाएर ज्यान मार्ने उद्वेश्यले सामुहिक कुटपिट गरी घाईते बनाएको भन्दै पीडितका आफन्ती रितुराज जि.सी.ले बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु, जिवन कामु र कृष्ण कामु गरी चार दाजुभाईको नाम किटान गरी कानुनी कार्वाहि तथा क्षतिपुर्तिको माग राख्दै प्रहरीमा जाहेरी दर्ता गरेका छन ।
कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन ।
पीडित समुहले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका छन । घटनामा संलग्न कामु दाजुभाईलाई शत्ता र शक्तिको आडमा जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पिडित पक्षले आशङ्का गरेका छन ।
वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा एउटा महिला माथि दाजुभाई नै लागेर कुटपिट गरेर राजनीतिक शक्तिको आडमा जे गरेपनी हुन्छ भन्ने प्रत्यक्षदर्शीकाे भनाइ छ । महिलाको शरिरमाथी पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथी आक्रमण भएको पिडितले बताएका छन। दाजुभाई नै मिलेर गुण्डागर्दी शैलीमा श्रीमान श्रीमतिमाथी साङ्घातिक हमला गरेका थिए । उनी भन्छीन “हेर्नुस भर्याङदेखि तल सम्मै रगत छ । पुरुषले महिलामाथी यस्तो हर्कत गरे पछि नछुट्याएको भए उनको ज्यानै जान सक्थ्यो” । प्रहरी प्रशासन माथी हामिलाई पुर्ण भरोसा छैन । राजनीतिक आडमा सामसुम पार्न पनि खोजिन्छ यहाको चलन नै यस्तै छ “ ।
वडा कार्यालयमा कुटपिटको घटना घट्नु दु:खद भएको र शान्त पूर्वक छलफल गरेर टुङ्गीसके पछि कामु परिवारले हात पात र कुटपिट गरेको वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष सन्त बहादुर गाहाले बताउनुभयो। कानुन अनुसार दोषि उपर कार्यवाही हुनु पर्छ अध्यक्ष गाहाको भनाई रहेको छ । यो समाचार तयार गरून्जेलसम्म बर्दघाट नगरले भने खासै चासो राखेको देखिएको छैन ।
स्थानिय युवाहरुले भने रबाव , दवाब र प्रभावमा परेर समाजमा अराजकहरुको बिग्वीगीबढेको भन्दै त्यसको विरोध गर्न सबैलाई आव्हान गरेका छन । कुनै पनि घटनाका पिडितहरुको उजुरी प्रहरीले लिनु पर्नेमा मान्छे हेरर मात्र उजुरी लिने गरेका कारण राज बहादुर क्षेत्रीले न्याय नपाउने भन्दै उनको न्यायका लागि बर्दघाट नगरपालिकामा प्रर्दशनमा सहभागि हुन आह्वान गरेका थिए ।
यस बिषयमा पिडक अर्थात प्रहरीमा नाम नै तोकेर जाहेरी दिएका ब्यक्ति बर्दघाट–१४ बस्ने रितमान र प्रेम कामु कामुसंग घट्नाको बारेमा थपजानकारी लिने प्रयास गर्दा माेबाइलमा सम्पर्क भएको छैन।