संजय कुशवाहा / नवलपरासी चैत १३
परिवारीक आर्थिक स्थिति कमजोर भएका कारण उच्च शिक्षा हासिल गर्न पाएनन् । उनै रमाशंकर राय भाेजपुरी भाषाका प्रसिद्ध गायक बन्न सफल भए । पढाइ छाडेर विदेशिएका राय गायक बन्छु भनेर साेचेका पनि थिएनन । तर उनी पढने बखत नै विद्यालयमा डेेस्कमा बाजा बजाएर रमाउने गर्थे ।
कक्षा १० सम्मको शिक्षा हासील गरेका राय भन्छन् कक्षा ८ मा पढदा साथीहरूकाे चाहनामा डेक्समा बाजा बजाउँदै गीत गाएकाे सम्झन्छु । रूचि गायकी क्षेत्रमा थियाे तर सहयाेग उपलब्ध थिएन । गायकी क्षेत्रमा निरन्तर सन्घर्ष गर्दै रहनु राय नम्र स्वभावका गाउंले व्यक्ति हुन् ।
नवलपरासी जिल्ला प्रतापपुर गाउपालिका वडा नम्बर ५ धरमैाली गाउंका वासीन्दा हुन्र । बुवा राजकुमार राजभर र आमा सुकुन्तला देवीको कोखबाट जन्मिएका उनी मध्यम परिवारका जेठो छोरा हुन् । बाल्यकाल अफ्नो गाउघरमा बिताएर उनी गाउकै जनता प्राथमिक विद्यालयमा कक्षा १ देखी कक्षा ४ सम्म शिक्षा हासील गरेपछी गुठी परसौनी स्थित जन जागृति माविमा अध्ययन गरे ।
पिपी म्युजीक पटना रेकर्डिङ कुशीनगरको सहयोग तथा माईके भक्तिमे शक्ति अपारबा भोजपुरी गीतबाट गायकी यात्राको सुरुवात गरेपछि सो गितबाट निकै प्रसंसा पाप्त गरे । लगत्तै पिया जी ना बहरासे अईले, तुहरा विना ऐ जान र हितवाके बहिनी रसदार होली गीतहरू लगायत करिब १ दर्जन म्युजीक भिडीयो भोजपुरी एल्बम बनाएका छन ।
अहिले उनकाे जताततै खाेजी छ । स्थानीय क्षेत्रमा समेत उनलाइ संगित प्रदर्शनका लागि माग अाउंछ उनलाइ भ्याइनभ्याइ भएकाे छ । गायन क्षेत्रमा जमीसकेका उनलाइ अफर आईरहेकोले उहाँको जिवनमा गायकी नै मुख्य कुरा भईसकेको हो ।

घरको आर्थिक स्थिति कमजोर भएको हुनाले घर बाट ठुलो सपना लिएर विदेश गएका र विदेशबाट आएर गायकी क्षेत्रमा अहिले उहाँको सपना साकार भइरहेकाे उनले महशुस गरेका छन ।
अहिले नेपालको पहिलो भोजपुरी कम्पनी हमार भोजपुरी फिल्मी दुनिया म्युजिक प्रा.लि. लगायतहरुबाट गितहरु बाजारमा अाएका छन ।