सौजन्य साना किसान कृषि सहकारी संस्थाको साधारण सभा एवम् अधिवेशन

23
संजय कुशवाहा / नवलपरासी कार्तिक २८
सौजन्य साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा एवम् दोस्रो अधिवेशन कार्यक्रम पिपरपातीमा बिहिवार सम्पन्न भएको छ ।
राजेश सिंहको अध्यक्षता तथा पुर्व मन्त्री तथा नवलपरासी निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य माननीय हृदयेश त्रिपाठीको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री त्रिपाठीले नेपालको कृषि क्षेत्रमा जती लगानी भएपनि त्यसको ८२ प्रतिशत रकम अनावश्यक खर्च र किसान प्रति जम्मा १८ प्रतिशत रकम मात्र लगानी भएको बताउनु भयो । किसान सभ्य मतदाता र भलादमी करदाता भएर बस्नु पर्ने अवस्था मात्र देखिन्छ। कृषिमा लगानीको लागी बैंकबाट अरबौ रुपैयाको निकासा भएपनि हरेक बैंकले आफ्नो लगानीको १० प्रतिशत रकम कृषि क्षेत्रमा लगानु पर्ने भएपनि उक्त रकम ब्यवशायी तर्फ लगानी भईरहेको बताए ।
कार्यक्रममा प्रतापपुर गाऊँपालिका प्रमुख राजकुमार शर्मा, वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी, जिल्ला सहकारी संस्थाका उपाध्यक्ष वृहस्पति अधिकारी, साना किसान कृषि सहकारी सस्था नर्सहि अध्यक्ष धनबहादुर गुरूङ, शिवराज कण्डेल, सरिता शर्मा, तारा सिंह, अनिता कोईरी लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
दोस्रो अधिवेशनबाट नयाँ संचालक समिती गठन गरिएको छ जस्मा चानबली तेली उपाध्यक्ष, सरस्वती राजभर सदस्य, जन्त्रि केवट सदस्य, बच्चा राजभर सदस्य, हरि प्रसाद कोईरी सदस्य, राम प्रसाद कोईरी सदस्य, मिरा कोईरी सदस्य, गायत्री देवी सिहं सदस्य चयन हुनु भएको छ ।