पप्पु रेग्मी ,बर्दघाट, १३ आश्विन २०८१,
सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरिय समितिकाे अधिवेशन लुम्बिनी प्रदेशकाे लमहीमा अाईतवार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घघाटन सत्रमा बोल्ने वक्ताहरुले मुलुकमा भ्रष्टाचारको न्युनिकरणका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । उनीहरुले हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्यापक रूपमा बढेको भ्रष्टाचारमा न्युनिकरण हुने बताए ।
कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई पालिकास्तर सम्म पुर्याउने महासंघको लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए ।
महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता बिश्वजीत तिवारी लगायतले बाेल्दै, सूचनाको हक वडास्तर सम्म बस्ने नागरिकहरूलाई सचेत बनाउन महासंघकाे कार्य समितिलाई सफलताको शुभकामना दिए ।
लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय सम्पन्न भएको महासंघकाे प्रथम अधिवेशनबाट बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समितिकाे निर्विरोध चयन गरिएको छ ।
साे अधिवेशनबाट उपाध्यक्षमा २ जना रुपन्देही जिल्लाकी राधा बस्नेत र पाल्पा जिल्लाका दिपक पोखरेल, महासचिवमा भालुबाङका सन्तोष कुमार गुप्ता, सचिवमा रुद्र सुबेदी र महादेव खरेल, कोषध्यक्षमा नवलपरासी जिल्लाका पप्पु रेग्मी सहित १० जना सदस्य सहित जम्मा १६ जनाकाे लुम्बिनी प्रदेश कार्य समिति सर्वसम्मत गठन गरेको केन्द्रीय उपाध्यक्ष बृजराज कुशवाहाले बताए ।